रिलायन्स लाइफद्धारा ५ प्रतिशत नगद लाभांश प्रस्ताव

१९ आश्विन २०७८, मंगलवार १०:५९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष सम्मको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १८ गते बसेको संचालक समितको बसेको ९३ औं बैठकले आर्थिक वर्ष २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी २ अर्ब १० करोडबाट ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत गरी कुल ५.२६३२ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।

सोही प्रतिशत नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*