म्यूनिख री बन्यो विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी, ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति

१९ आश्विन २०७८, मंगलवार १३:४१

काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्यूनिख रि भएको छ । स्विस रिलाई पछि पार्दै म्यूनिख रि अग्रस्थानमा उक्लन सफल भएको हो ।

एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूची अनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनी मध्ये म्यूनिख रिले अग्रस्थानमा लिन सफल भएको हो । यस अघि म्यूनिख रि सन् २०१७ मा शीर्ष स्थानमा रहेको थियो । २९८ अर्ब पाउण्ड डलर अर्थात नेपाली रुपैयाँ ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति भएको म्यूनिख रिको पुनरागमनलाई विश्व अर्थतन्त्रमा नयाँ रुपमा हेरिएको छ ।

लगातार दुई वर्ष शीर्ष स्थानमा रहेको स्वीस रि भने एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ । स्वीस रिको कूल सम्पत्ति २३८ अमेरिकी डलर रहेको छ । एएम वेष्टले पुनर्बीमा बीमाशुल्क आर्जनका आधारमा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनीहरुको सूची तयार पार्ने गरेको छ । आफ्नो वार्षिक सूचीलाई थप सटीक बनाउनका लागि एएम वेष्टले यो वर्षको विश्लेषणमा प्राथमिक बीमाशुल्क आर्जन हटाई एक वर्षको पुनर्बीमा बीमाशुल्क मात्रै समावेश गरेको छ ।

यसअघिका र्याकिंङहरुमा प्राथमिक बीमा शुल्क पनि समावेश गर्ने गरिन्थ्यो । जुन पुनर्बीमकहरुको कुल बीमा शुल्कभन्दा २५ प्रतिशत कम हुने गर्दथ्यो । विश्लेषणमा गरिएको यो परिवर्तनले म्यूनिख रिको र्याङकिङमा बदलाब आएको एएम वेष्टले जनाएको छ ।

विश्वको अग्रेणी पुनर्बीमकका रुपमा रहेका म्यूनिख रि र स्वीस रिले सन् २०२० मा विश्वका शीर्ष ५० बीमाशुल्क आर्जनको २५.६ प्रतिशत हिस्सा ओगटेको एएम वेष्टले जनाएको छ । जुन सन् २०१९ मा यी दुई पुनर्बीमकहरुले एकिकृत रुपमा ओगटेको २७ दशमलव ७ प्रतिशत हिस्साभन्दा केहि कम हो ।

एएम वेष्टका अनुसार बीमाशुल्क आर्जनका आधारमा विश्वका शीर्ष १० पुनर्बीमकहरुमा, म्यूनिख रि, स्वीस रि, हानओभर रि, स्कोर, वर्कशायर हाथवे, चाइना रि इन्स्योरेन्स (गुप्र) कर्प, लोयड, क्यानडा लाइफ रि इन्स्योरेन्स, रि इन्स्योरेन्स गुप्र अफ अमेरिका र कोरियन रि इन्स्योरेन्स कम्पनी रहेका छन् । अन्य कम्पनीहरु उल्लेखित कम्पनीभन्दा निकै पछाडि रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*