बीमा भनेको के हो ? के छन् यस्का फाईदा ?

२९ आश्विन २०७८, शुक्रबार १७:५९

काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ ।

व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि भईरहेका हुनछन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित रहेको हुन्छ ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यमलाई बीमाको पूर्ण व्याख्याको रुपमा लिन सकिन्छ । अनिश्चित जोखिम, दुघर्टनाले गस्रित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।

बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।

बीमा दुई प्रकारको हुन्छ । एउटा जीवन बीमा अर्को निर्जिवन बीमा नेपालमा यी दुबै सेवाका लागि बीमा कम्पनीहरु विभिन्न जिल्लाहरुमा रहेका छन् । जहाँबाट हामीलाई पायक पर्न स्थान गराउन सक्छौं ।

जीवन बीमा भनेको के हो ?

जीवन बिमा भनेको मानिसको जीवनसँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने सुरक्षणलाई बुझन सकिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ ।
भावि जीवनमा आउने भवितव्यबाट सुरक्षित रह्नुपनि जीवन बीमा उत्तम विकल्प हो । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।जीवन बीमामा बिशेष गरि आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा र एन्युटि बीमाहरु पर्दछन् ।

निर्जीवन बीमा भनेको के हो ?

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौतापत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।

निर्जीवन बीमामा बिशेष गरि अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, मोटर बीमा, विविध बीमा पर्दछन् । पछिल्लो समय बीमा प्रति मानिसहरुको धारण सकारात्मक हुँदै गएको छ । तर पनि जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । जसका कारण बीमा समितिले बीमाको पहँुच वृद्धि गर्नका लागि बीमा सचेतनाका कार्यक्रमहरु सक्रिय रुपमा अघि बढाउदै आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*