सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो साढे ३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धरान शाखाले बीमा दाबी बापत तीन लाख बैसठ्ठी हजार रुपैयाँ मृतकको परिवारलाई भुक्तानी गरेको हो ।कम्पनीले पथरी न. पा मा बीमित स्व.क्षितिज लिम्बूको घरमै पुगेर मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको बुवा रुपनाथ लिम्बुलाई चेक हस्तान्तरण गरेको हो ।
कम्पनीको धरान शाखा प्रमुख खगेन्द्र तोलांग, बिराट्चौक शाखा प्रमुख रितेस गजुरेल लगायत कम्पनीका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा बीमितको बुवा रुप नाथ लिम्बू लाई चेक हस्तान्तरण गरिएको हो ।
पथरीशनिश्चरे–८ निवासी स्व. क्षितिज लिम्बुले सिटिजन शुभारम्भ बीमा योजनामा आफ्नो बुवा रुपनाथ लिम्बुलाई हकवाला रहने गरी तिन लाखको १५ वर्षे जीवनबीमा गरि दोश्रो किस्ता बुझाएका थिए । पथरीशनिश्चेरे शुक्रबारेको दुर्गा नि.मा.वि को शिक्षक समेत रहेका लिम्बु यही श्रावण १९ गते मृत्यु भएको थियो ।