दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’

२४ आश्विन २०७८, आईतवार १७:१९

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमक संघ, जीवन बींमक संघ बीमा समिति कर्मचारी संघ तथा प्रस्तावित लाईफ इन्स्योरेन्स एशोशिएनलगायतका संस्थागत प्रतिनिधि रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अध्यक्ष सिलवालले भने, ‘ गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ।’ बीमा कम्पनीहरुमा अब पत्र नकाट्ने, पत्र काट्ने काम धेरै भएको हुँदा आफूले कति पत्र काटेको र बीमा कम्पनीले पालना गरेको वा नगरेको कुरामा एकिन नभएको कारण अब काम कार्बाहिमा बीमा समिति अघि बढ्ने कुरामा जोड दिने बीमा कम्पनीहरुलाई बताए।

अध्यक्ष सिलवाले भने, आगामी दिनमा बीमा समितिको काम बीमा कम्पनीहरुको नियम पालना गरेको वा नगरेको कुरामा बढी केन्द्रित हुने बताए । उनले बीमा समितिले उधारो पोलिसी बिक्रि गर्ने काम बन्द गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएपनि उक्त समस्या यथावत् रुपमै भेटिएको हुँदा आगामी दिनमा बीमा समितिबाट कम्पनीमा पत्र कम आउने बीमा कम्पनीका सिईओहरुलाई बताए ।

बीमा समितिका कार्यकारी दिनेशलाल कर्णले शुभकामना दिँदै बीमा क्षेत्रमा देखिएको बिकृति विसङ्गती हटेर जाओस् भन्दै नेपाल सरकारले दिएको लक्ष्यमा सम्पूर्ण सरोकार पक्षहरुको हातोमालोमा गर्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*