युनियन लाइफ इन्स्योरेन्सले गर्यो १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

२५ आश्विन २०७८, सोमबार १७:५१

काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट का मृतक ईन्द्र बहादुर पुनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको १० लाख ७० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

गत श्रावण पाँच गते घाँस काट्न खरबारिमा पुगेका पुन सोही क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । मृतक पुनको परिवारमा श्रीमति, तीन छोरि, एक छोरा गरि ६ जना को परिवार थियो भने आर्थिक अवस्था कमजोर रहेको थियो । मृतक पुनले किसानि गरेर जेनतेन परिवारको गुजारा चलाइरहेका थिए । युनियन लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ शाखाको टिमले मृतकको घरमै गएर एक कार्यक्रमको आयोजना गरि मृतक पुनकी श्रीमती जमुना पुनलाइ उक्त बिमा दुर्घटना दाबी रकम हस्तान्तरण गरेको थियो ।

मृत्यु दाबी भुक्तानी गर्दै कम्पनिका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतमले बिमालाई सामान्य रुपमा लिने प्रचलन रहेकाले अझै पनि समाजमा यसबारे जनचेतना फैलाउनु पर्ने आवस्यकता रहेको बताए । गौतमले आफ्नो बिमा गरि भैपरी आउने जोखिम बिमा कम्पनिलाइ हस्तान्तरण गरि सुरक्षीत हुन सम्पुर्ण नेपालिलाइ आग्रह समेत गरेका छन ।

सो अवसरमा कम्पनिका बाग्लुङ शाखा प्रबन्धक कमल सापकोटाले जिवन बीमाको महत्व र कम्पनिका बिमा योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा वार्ड नम्बर ५ का वार्डअध्यक्ष शिव प्रसाद कंडेल, अमर माध्यामिक बिद्यालयका प्रधानाध्यापक भीष्म कंडेल, एजेन्सी म्यानेजर प्रकाश कुवर, समाजसेवी प्रेम पुन लगायतले बोलेका थिए ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनि बाग्लुङ शाखाका शाखा प्रबन्धक कमल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सिनियर एजेन्सी म्यानेजर तथा एम डि आर टि नानिमाया सापकोटा र संचालन एजेन्सि म्यानेजर राजु सापकोटाले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*