दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने, आपतकालिन सेवा सुचारु

२६ आश्विन २०७८, मंगलवार ११:५०

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् । बीमा सेवालाई नियमित राख्नुपर्ने बाध्यताका कारण बीमा कम्पनीहरुले आप्तकालिन सेवा भने जारी राख्ने भएका छन् ।

दशैंको अवधीमा पनि हुनसक्ने घटनामा बीमा दावी भुक्तानी सम्बन्धी कार्य भने सुचारु हुनेछ । यस अवधिमा कम्पनीहरुले आफनो वेवसाईटमा सम्र्पक नम्बर समेत उपल्ब्ध गराएर बीमितहरुलाई सूसुचित गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सिईओ नुर प्रकाश प्रधानले बीमापोष्टलाई जानकारी दिएका छन् ।

उता, शिखर इन्स्योरेन्स कम्पनीले भने यस अवधिमा पनि कार्यालय सुचारु गर्ने कमपनीका सिईओ दिप प्रकाश पाण्डेले जानकारी दिए । बीमितिहरुलाई बीमा कम्पनीले दिने सेवा प्रभावकारी बनाउने हेतुले दशैंको बिदामा समेत कार्यालय सञ्चालन गरेर सीमित सेवा दिने निर्णय गरिएको सिईओ पाण्डेले जानकारी दिए ।

नेपालीको महान् चाड दसैंमा असोज २६ गतेदेखि ३० गतेसम्म सार्वजनिक बिदा छ । तर बीमा कम्पनीहरुले ग्राहकहरुले वेभसाईटमा रहेको सम्र्पक नम्बर तथा टेलिफोनमार्फत जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।

फूलपातीदेखि एकादशीसम्म कर्मचारीलाई बिदा दिन बीमा समितिले जानकारी दिईसकेको छ । देशभरका बीमा कम्पनहिरुको नियामक निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका सम्पूर्ण संस्थाहरू समेतमा हुने बिदा तथा कार्यसमय तोकिसकेको छ ।

दशैंको बिदामा २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, दुई पुनर्बीमा कम्पनी समेत गरी ४१ वटा बीमा कम्पनीहरु बन्द रहनेछन् । बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द हुने हुँदा बीमा कम्पनीहरुले पनि यस पटक पूर्ण रुपमा बन्द हुने भएको नेपाल बीमक संघले जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*