बीमा गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिऔं

६ कार्तिक २०७८, शनिबार ०९:५६

काठमाडौं । तपाईले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही जानकारीहरु निम्न छन ।

१ सर्वप्रथम पहिला बीमा गर्दा बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।

२ के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गर्न खाजिएको हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुहुन्छ।

३ बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।

४ कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।

५ बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।

६ बीमा गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।

७ बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ ।

८ यसका साथै नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणका बीमा शूल्क भुक्तानी गनुपर्छ ।

९ बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।

१० बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।

बीमा समितिबाट प्रंकाशित बीमा समाचार र विचार पुस्तकबाट साभार

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*