नेपाल लाइफ इन्स्योरेन्सको अडिट एस ए आर फर्मले गर्ने, अघि बढ्यो प्रक्रिया

३० आश्विन २०७८, शनिबार १७:०६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अडिट नेपालकै प्रख्यात एसएआर नामक फर्मले गर्ने भएको छ । सुनिर कुमार ढुंगेलको नेतृ्त्वमा रहेको सो कम्पनीको प्रोफेशनल टिमले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को लेखा परिक्षण गर्ने भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अडिट गर्न काठमाडौंको विशाल नगरमा रहेको एस ए आर नामक फर्मलाई स्वीकृत प्रदान गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लेखा परिक्षण नियुक्तीको प्रक्रिया अघि बढाएको जनाउँदै समयमै वित्तीय विवरण तयार पारी साधारणसभा गर्ने प्रयत्न सुरु भइसकेको जनाएको छ । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा हुने ढिलाईको कारण साधारणसभा ढिलाई हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*