हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन

४ कार्तिक २०७८, बिहीबार ११:४८

हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ ।

कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव राखेपनि कम्पनी नियम बमोजिम ३ आर्थिक बर्षको मुनाफामा सरिक भएपश्चात् मात्र सर्वसाधारणलाई लागि आइपीओ जारी गर्न पाउनेछन् ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बिषयमा छलफल हुने भएको छ।
साथै सभामा आ।व २०७७र७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

त्यस्तै, उक्त सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव समेत पेश गर्ने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*