सूर्या लाइफको लोगो, रंग र अक्षरको बनावट समेत परिवर्तन

७ कार्तिक २०७८, आईतवार १४:००

काठमाडौं । सूर्या लाइफले ब्राण्ड मन्त्रलाई परिवर्तन गरेको छ । कम्पनीले तपाईको भविष्य हाम्रो जिम्मेवारी भन्ने मन्त्रलाई परिवर्तन गर्दै सर्वे भवन्तु सुखिनः भन्ने संस्कृत वाक्यको प्रयोग गरेको छ । कम्पनीले लागोको रंग परिवर्तन गर्नुका साथै अक्षरको बनावटमा पनि परिवर्तन गरेको छ ।

यसको अर्थ हुन्छ , सबै सुखी होऊन् । सबैको भलो होओस् भन्ने भाव यसमा समेटिएको छ । कम्पनीको संचालक समितिमा विवेक झा र उच्च व्यवस्थापन तहमा नयाँ नेतृत्वको प्रवेशसँगै कम्पनीलाई नयाँ रणनीतिको साथ अघि बढाउने योजना अनुसार कम्पनीको पहिचान संकेत(ब्राण्डिङ)लाई पुनःपरिभाषित गरेको हो ।

करिब एक दशकभन्दा लामो समयसम्म नेपाल लाइफको सिईओको भूमिकामा नेतृत्व गरेका झाले त्यहाँ पनि रि–ब्राण्डिङबाटै कम्पनीलाई आक्रामक रुपमा व्यापार बिस्तारको दिशामा लगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*