यस्तो छ नेपाल लाइफको ९ वर्षको लाभांश इतिहास : कति कमाए शेयरधनीले ?

७ कार्तिक २०७८, आईतवार १६:४०

काठमाडौं । नेपाल लाइफ यो एक दशकमा ब्लुप चिप जीवन बीमाको रुपमा उदय भएको छ । ९ वर्षमा २५ प्रतिशत भन्दा थोरै लाभांश नदिएको यस बैंकले लगानीकर्ताले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीले भर्खरै यो बर्ष कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ७० प्रतिशत बोनश सेयर र ५६ दशमलव ३१ प्रतिशत नगद लाभांश गरी कुल १२६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गर्न बाँकी छ।

कम्पनी प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीका रुपमा बि.स २०५८ साल बैशाख महिनामा स्थापना भएको हो । कम्पनीको २०२० को तथ्याङ्क अनुसार कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोनश समाबेश नगर्दै कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ५ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनश सेयर र २ अर्ब ४५ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिसकेको छ ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्यमा चुक्ता पुँजी, खुद मुनाफा, खुद प्रिमियम रकम, रिजर्भ र बिमा कोषमा सबैभन्दा अगाडी नेपाल लाइफ नै अगाडि रहेको छ।

कम्पनीको विगत ९ बर्षको लाभांश इतिहास हेर्दा यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले आकर्षश मुनाफा हासिल गरेको देखिन्छ । आजभन्दा १० बर्ष अघि कम्पनीको १०० कित्ता शेयर किन्ने लगानीकर्ताको सेयर संख्या अहिले बृद्धि भएर अहिले १८०३ कित्ता पुगेको छ । कम्पनीले हालसम्म पनि आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेको भने छैन । कम्पनीले यो १० बर्षको अवधिमा सबैभन्दा बढि आर्थिक बर्ष २०६८/६९ मा लाभांश वितरण गरेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*