पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

७ कार्तिक २०७८, आईतवार १८:३४

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८.२८ प्रतिशतले बढेको छ । बीमा समितिबाट प्राप्त चालु आवको असोज मसान्तसम्मको तथ्यांकलले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधीमा १९ जीवन बीमा कम्पनीहरुले रू. ३८ अर्ब १८ करोड ६ लाख कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधीको तुलनामा १८.२८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा उक्त कम्पनीहरुले रु. ३२ अर्ब २८ करोड कुल बीमाशुल्क संकलन गरेका थिए ।

समिक्षा अवधीमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) भने ९ अर्ब ८४ करोड १६ लाख रुपैयाँको हारहारीमा रहेको छ । यसैगरि नविकरण बीमाशुल्क संकलन भने रु. २८ अर्बको हारहारीमा रहेको समितिको तथ्यांकमा उल्लेख छ ।तथ्यांकअनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट भने ३३ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा म्यादी जीवन बीमा गर्नुपर्ने हुन्छ, सोही व्यवस्था मार्फत समिक्षा अवधीमा सो बराबरको बीमाशुल्क संकलन भएको हो ।

बीमाशुल्ल सकंलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । समिक्षा अवधीमा उक्त कम्पनीले रु. ९ अर्ब ९० लाख ९५ करोड बीमाशुल्क संकलन गरेको छ ।

कुन कम्पनीको कति बीमाशुल्क ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*