प्रभु लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँ सम्म बोनस पाउने

८ कार्तिक २०७८, सोमबार ११:२४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व. २०७६/७७ को आर्थिक लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा समितिको यहि कार्तिक ७ गतेको पत्र मार्फत स्वीकृत भई २०७७ असार मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले न्युनतम रुपैयाँ ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर निधारण गरेको छ। त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

यस बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर निधारण गरेको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ निधारण गरेको छ ।कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*