नेपाल लाइफद्वारा क्यान्सर पीडित परियारलाई घातक रोग सुबिधा बापतको ५ लाख रुपैयाँ हस्तान्तरण

८ कार्तिक २०७८, सोमबार ११:४३

काठमाडौं । पर्वतको जलजला गाउँपालिका ८ लस्तीका एकजना क्यान्सर रोगबाट पिडितलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको रकम हस्तान्तरण गरेको छ ।
त्यहाँ स्थित पुतली परियारलाई घातक रोग सुबिधा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।आन्द्राको क्यान्सर संग लडिरहेकी पैंतालीस वर्षिय परियारलाई पाँच लाखको चेक उनकै घरमा पुगेर हस्तान्तरण गरेको कम्पनिका बेनि उपशाखा प्रमुख प्रकाश रेग्मिले बताए ।

अभिकर्ता सृजना बिक को सहजिकरणमा परियारले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट बिगत दुई बर्ष पहिले रु ५ लाखको घातक रोग सुबिधा सहितको बीमा खरिद गरेकी थिइन ।
सो अवसरमा बेनि उपशाखा प्रमुख प्रकाश रेग्मीले उपस्थित स्थानियलाई जिवनबीमा गर्दा हुने फाइदाको बारेमा जानकारी गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*