पहिलो त्रैमासमा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ४८ अर्ब , कुनको कति ? (तथ्याङ्क सहित)

८ कार्तिक २०७८, सोमबार १५:३८

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्ब्ध गराएको पहिलो त्रैमासका अनुसार १९ जीवन र २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

जुन गत वर्षको भन्दा २०.११ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।समितिको तथ्याङ्क अनुसार निर्जीवन भन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् । समीक्षा अवधिमा जीवन बीमा कम्पनीले कूल ३८ अर्ब १८ करोड र निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा क्रमशः १८.२८ र २७.८८ प्रतिशतले बढी हो ।२०७७ असोजमा जीवन बीमा कम्पनीले ३२ अर्ब २८ करोड र निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रूपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, असोज महिनासम्ममा जीवन बीमा कम्पनीले ९० लाख ९ हजार २७७ र निर्जीवन बीमा कम्पनीले ७ लाख ३० हजार ९९७ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको बीमालेख संख्यामा वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीको घटेको छ ।

समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

तथ्यांकअनुसार समिक्षा अवधीमा १९ जीवन बीमा कम्पनीहरुले रू. ३८ अर्ब १८ करोड ६ लाख कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधीको तुलनामा १८.२८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा उक्त कम्पनीहरुले रु. ३२ अर्ब २८ करोड कुल बीमाशुल्क संकलन गरेका थिए ।

समिक्षा अवधीमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) भने ९ अर्ब ८४ करोड १६ लाख रुपैयाँको हारहारीमा रहेको छ । यसैगरि नविकरण बीमाशुल्क संकलन भने रु. २८ अर्बको हारहारीमा रहेको समितिको तथ्यांकमा उल्लेख छ ।तथ्यांकअनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट भने ३३ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा म्यादी जीवन बीमा गर्नुपर्ने हुन्छ, सोही व्यवस्था मार्फत समिक्षा अवधीमा सो बराबरको बीमाशुल्क संकलन भएको हो ।

बीमाशुल्ल सकंलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । समिक्षा अवधीमा उक्त कम्पनीले रु. ९ अर्ब ९० लाख ९५ करोड बीमाशुल्क संकलन गरेको छ ।

असोज मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ९० करोड ६७ लाख रुपैयाँँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

नेको इन्स्योरेन्सले ८१ करोड रुपैयाँ सिद्धाथ इन्स्योरेन्सले ६९ करोड रुपैया, प्रिमियर इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्स४४ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, आइएमई जनरलले ३७ करोड रुपैयाँ, लुम्बिनी जनरलले ३६ करोड रुपैयाँ, दि ओरियन्टलले ३६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*