प्रभु लाइफ इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

८ कार्तिक २०७८, सोमबार १७:३४

काठमाडौं ।  प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाले बीमा जनचेतनाका अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भैरहवा शाखाका प्रबन्धक कमलेश्वर अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा शाखाले कम्पनीका प्रदेश प्रमुख कृष्णकुमार पुरीलाई स्वागत गरेको थियो ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रदेश प्रमुख पुरीले बीमा अभिकर्तालाई प्रशिक्षण समेत दिएका थिए । प्रभु लाइफले ल्याएको बीमाका योजना र बीमा अभिकर्ताले गर्नुपर्ने कामको विषयमा पुरीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । अप्रेसन इन्चार्ज अनिता पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*