सिटिजन लाइफद्वारा सहकारी ऋणीको मृत्युदावी बापतको ३० लाख २० हजार रुपैयाँ दाबी भुक्तानी

९ कार्तिक २०७८, मंगलवार १५:१२

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले सहकारीको ऋणी मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था पन्चनगरलाई भुक्तानी गरेको छ।साना किसान कृषि सहकारी संस्था पन्चनगर र सिटिजन लाइफ इन्स्योरेन्स बिच १८ महिना अगाडी णिहरुको बिमा गर्ने सहमती भएको थियो।रिणिहरु मध्ये तीन रिणिको मृत्यु हुँदा सो परिवारका सदस्य हरुले मृत्यु दाबी भुक्तानी पाएका छन ।

यो भन्दा पहिले ५५ हजार रुपिया कम्पनीले साना किसान पन्चनगर लाइ प्रदान गरिसकेको छ भने एकै पटक दुईवटा मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार एक कार्यक्रमका बिच प्रदान गरेको छ ।

बिमित लालश्री खवासको सर्पले टोकेर मृत्यु भएको थियो । उनका श्रीमानले चेक लिने बेलामा भने ’मलाई यसरी बीमा बाट पैसा आउँछ भन्ने बिस्वास लागेको थिएन मैले ऋणको त्यति थोरै रकमले आज यो वियोगमा केहि राहत पाएको छु ’ उनकी श्रीमतिले १० लाख रुपैयाँ ऋण लगेकि थिएन ।

दुर्घटना मृत्यु भएको कारण २० लाख १० हजार कम्पनीले दाबी भुक्तानि गरेको छ जुन एउटै ब्यक्तिको दाबि भुक्तानि को यो सर्वाधिक रकम हो । अर्को ऋणी वसन्त राज घिमिरेको मृत्यु मा पनि कम्पनिले मृत्यु दाबि १० लाख १० हजार भुक्तानी गरेको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ विजनेश अफिसर सुनिल पोखरेलले कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने उल्लेख गरेका थिए ।

अन्य दाजुभाइ ले समाजमा कसैको मृत्यु हुदा एक किलो चिनी घिउ लैजाने तर बिमाले परिवरको आर्थिक क्षति कम गर्न चेक बोकेर जाने धारणा ब्यक्त गरे । उनले भने १३ दिने दाजुभाइ भन्दा नजिकको साथी बीमा रहेको बताए यो र यो अभियान मा बर्षौ देखि यसरि दुखित परिवार लाई मलम लगाउँदै हिडेको बताएका छन् ।

त्यसै गरि साना किसान पन्चनगरका प्रबन्धक पुर्णचन्द्र घिमिरेले र केहि ऋणीरुले अझै पनि बीमा बारे खासै चासो नदेखाएको र बीमाको कुरा बुजाउन गाह्रो भएको समयमा यसरी सजिलै प्राप्त भुक्तानी गरेको देख्दा अबका दिन हरुमा सहकारिका सम्पुर्ण ऋणिहरुको बीमा प्रति सकारात्मक सोच पैदा हुने जानकारी गराएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*