सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७३ रुपैयाँसम्म दिने

१० कार्तिक २०७८, बुधबार १२:४०

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र मार्फत स्वीकृत गरि न्युनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

कम्पनीले अग्रिम भुक्तानी सर्वाधिक जीवन बीममालेख अन्तर्गत न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्मको बोनसदर निधारण गरेको छ। । कम्पनीको १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ निधारण गरेको छ ।

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । कम्पनीले ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिको लागि प्रति शजार ३८ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*