गुराँस लाइफको साधारण सभा मंसिर १० गते, बुकक्लोज कहिले ?

११ कार्तिक २०७८, बिहीबार ११:३८

काठमाडौं । गुँरास लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १० गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।

कम्पनीको कात्तिक ११ गते बसेको संचालक समितिको १७७ औं बैठकको निर्णयअनुसार सभा सो मिति र स्थानमा हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.५००४१७४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८९४९५६६ प्रतिशत गरी कुल ५.७८९९१३०६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

साथै वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ साल असार मसान्तसम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाहमाथी छलफल गरी पािरत गर्ने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक नियुक्तिको अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक २२ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*