सन नेपाल लाइफको मृत्यु बीमा दाबी भुक्तानी

११ कार्तिक २०७८, बिहीबार १२:३१

काठमाडौं । सन नेपाल लाइफले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बीमीत सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो। वैदेशिक रोजगारीका लागी २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेवीया प्रस्थान गरेका र साउदी अरेवीया सरकारको नियमानुसार १५ दिन क्वारेन्टाईनमा बस्दा त्यही कोरोनाबाट संक्रमीत भई उपचारको क्रममा २०७८(१(२० का दिन किङ खालीद हस्पिटलमा गुरुङको मृत्यु भएको थियो ।

कम्पनीका सहायक महाप्रवन्धक चुडामणि सुवेदीले बीमीतका श्रीमती तथा हकवाला सितला गुरुङलाई मृत्यु दावी बापतको बीमांक रु।१०,००,०००र–को चेक हस्तान्तरण गर्दै नियमानुसार बोनस स्वीकृत भए पश्चात बोनस बापत थप भुक्तानी गरीने व्यहोरा जानकारी गराए । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु, बीमीतका परिवार लगायतको उपस्थिति थियो ।
सहायक महाप्रवन्धक सुवेदीका अनुसार बीमीत गुरुङले २०७६ मंसिरमा धनञ्जय वार्षिक अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत बीमांक १०,००,००० को १५ वर्ष अवधिको बीमा गरी हालसम्म २ किस्ता बापत रु। १८१३७८ बीमाशुल्क भुक्तानी गरेको तथा कम्पनीबाट वार्षिक फिर्ता बापत रु। ५०,००० फिर्ता लिईसकेको हुदाँ कम्पनीमा खुद रु। १३१३७८ मात्र जम्मा भएको थियो । कार्यक्रममा सुवेदीले प्रत्येक परिवारमा जीवन बीमाको महत्वमाथि प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*