सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?

१४ कार्तिक २०७८, आईतवार ११:५२

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको ३०१ औं बैठकले आगामी साधारण सभाको मितिमा कायम शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १२.७० प्रतिशत बोनस शेयर र शुन्य दलमलव ६६८४ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*