साढे १० प्रतिशत लाभांश दिने ज्योति लाइफको निर्णय, नगद र बोनस दुवै पाइने

१५ कार्तिक २०७८, सोमबार १०:४३

काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर तथा ५.५२ प्रतिशत नगदै लाभांश दिने निर्णय गरेको हो । कम्पनी संस्थापना भएपछि पहिलो पटक मुनाफा वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त निर्णय बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*