एशियन लाइफ इन्स्योरेन्सद्धारा एक लाख रकम मृत्यु दाबी भुक्तानी

१५ कार्तिक २०७८, सोमबार ११:३४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले बीमितको मृत्यु पश्चात मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कात्तिक १३ गते जुम्लाको पातारासी गाउँपालिका वडा न ४ निवासी बीमित डिल बहादुर महताराको छोरा दिपक महतारालाई मृत्यु दाबी वापतको रकम हस्तान्तर गरेको हो ।

उनले एक लाख रुपैयाँको बीमाङ्मा गरेकोमा मृत्यु पश्चात उनले इच्छाएको ब्यक्ति महतारालाई एक लाख ८ हजार २१२ रुपैयाँको मृत्यु दाबी भुक्तानी बापतको चेक पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहराले हस्तान्तरण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*