राष्ट्रिय बीमा संस्थानकाे मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

१६ कार्तिक २०७८, मंगलवार ०७:०१

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय अवधिभर मात्र बैंकहरुले मुद्धती निक्षेपका लागि बोलपत्र पेश गर्न पाउनेछन् ।

उक्त प्रस्तावका लागि नेपाल राष्ट्र बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले कात्तिक १२ गते देखी कात्तिक १६ गतेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ ।संस्थानको प्रधान कार्यालयको वित्त विभागमा तोएिको अवधि भित्र प्राप्त आवश्यक कागजात संकलन गरी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी पेश गर्न हुन संस्थानले निकाले सुचनामा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*