इसेवाले पायो संस्थागत बीमा अभिकर्ताको लाइसेन्स

१७ कार्तिक २०७८, बुधबार १५:२७

काठमाडौं । अनलाईन सेवा प्रदायक इसेवाले बीमा समितिबाट ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स इसेवालाई दिएको जनाएको छ । समितिले अनलाईन भुक्तानी प्रदायक इसेवालाई ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ अनुसार लाइसेन्स प्रदान गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिएको छ ।

उनले भने, ‘बीमा शुल्क भुक्तानी, दाबी भुक्तानी लगायतका अन्य सेवा सुविधाहरु बीमितिहरुलाई अनलाईन मार्फत नै दिन ईसेवा लगायत अन्य अनलाईन भुक्तानी सेवा प्रदायकहरुसँग जोडिदै जाने छौ ।’ जसले बीमितहरुलाई कार्यालयमै गएर बीमा सुविधा लिन झन्झटबाट समेत मद्दत पुग्ने उनले बताए ।

यसअघि बीमा समितिले जारी गरेको सकुलर अभिकर्ताहरुले ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ को बिरोधमा बीमा कम्पनीहरुले चर्को विरोध गरेका थिए । तर कोरोना महामारीको समयमा सरकारले लगाएको कडा लकडाउन र सिमित शाखा मात्रै खोल्न पाउने सुविधाका कारण बीमितहरुले बीमा कम्पनीहरुमा पनि अनलाईन भुक्तानी सेवा जोड्नपर्ने राय दिएका थिए । बीमितको उक्त रायलाई मध्यनजगर गर्दै कम्पनीहरुले उक्त समयमा बैंक तथा अनलाईन मार्फत रकम भुक्तानी गर्ने सुविधा ल्याएको थियो ।

संस्थागत अभिकर्ताको लाइसेन्स पाएसँगै इसेवाले अव बीमितसँग बीमा शुल्क संकलन गरी बीमा कम्पनीलाई भुक्तानी गर्न सक्ने छ । त्यस्तै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न पाउने छ । अनलाईन मार्फत नै फाराम भरिन्छ केही सम्स्या भएमा बीमितले सोधपुछ समेत गर्न पाईने व्यवस्था रहेको छ । बीमा कम्पनीको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउनेछ । समितिले समय समयमा तोके बमोजिम अन्य कार्यहरु गर्न सक्ने छ । तर इसेवाले आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी खरिद गर्न बाध्य पार्न पाउने छैन । संस्थागत अभिकर्ताको लाइसेन्स लिँदा मूल्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा बीमा कम्पनीहरुबाट सञ्चालन गरेको अभिकर्ता तालिमममा सहभागरी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एस।ई ।ई वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । संस्थागत अभिकर्ताको प्रवन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो, सो बारेमा उल्लेख गरेको हुनुपर्नेछ ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन गरेको हुनुपर्छ । यदि संस्थागत अभिकर्ताको विधानमा अभिकर्ताको काम गर्ने प्रावधान छैन भने उसले लाइसेन्स नपाउने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहनेले बीमा समितिमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ ।

यस्ता अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमा शुल्क संकलन गरि बीमा कम्पनीलाई भुक्तानी गर्न पाउने छन् । बिद्युतिय माध्यमबाटै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न सक्ने छन् । त्यस्तै बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने पुनः बीमा गर्नु परेमा सहयोग गर्न सक्ने छन् । संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउन सक्ने छन् । त्यस्ता अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेको हुनु पर्नेछ । तर यस्ता प्रणाली प्रयोग गरेर बीमितलाई बीमा गर्न बाध्य पार्न भने पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*