नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश, विश्वसनीय कम्पनीको रुपमा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय गर्ने प्रतिबद्धता

२१ कार्तिक २०७८, आईतवार ०७:०८

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट आठौं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो ।

सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय जगतका सामू विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गराएर कम्पनीको अन्तर्राष्ट्रिय व्यवसायमा बृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । बार्षिकोत्सवको अवसरमा अध्यक्ष डा. घिमिरेले शुभकामना सन्देश दिँदै भने, ‘कम्पनीले छोटो अवधीमा राम्रो अन्तर्राष्ट्रिय छवी बनाउन सफल भएको छ, नेपालबाट बार्षिक अर्बौ रुपैयाँ विदेश जान जोगिएको छ, अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने देशकै गौरवयोग्य कम्पनीको रुपमा स्थापित बनेको छ । यसमा योगदान दिने नेपाल सरकार, शेयर लगानीकर्ताहरु, पूर्व प्रशासकहरु, सबै कर्मचारीहरु, बीमा कम्पनीहरु, पुनर्बीमा एजेन्टहरु र नियामक निकायसहित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गरेर उत्कृष्ट पुनर्बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।’

आठौं बार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपालबाट र अन्तर्राष्ट्रिय क्षेत्रबाट पुनर्बीमा शुल्क संकलन गरेर नेपाल पुनर्बीमा कम्पनीलाई विश्वासयोग्य र उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको स्थापनाको सात वर्षमा कम्पनीले नेपालमा सञ्चालित ३९ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ । त्यसैगरी, भारत, बंगलादेश, मलेसिया, श्रीलंका सहितका तीन दर्जनभन्दा बढि देशमा आफ्नो व्यवसाय सञ्जाल विस्तार गर्न सफल भइसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनी स्थापनाको आठौं बार्षिकोत्सव मनाइरँदा कम्पनीले विदेशबाट समेत करोडौं रुपैयाँ बीमा शुल्क नेपाल भित्राई विदेशी मुद्रा आर्जन गर्ने एक मात्र सेवामूलक व्यवसाय बन्न सफल भएको छ । १० अर्ब चुक्ता पुँजि भएको कम्पनीले छोटो अवधीमा नै प्रगतिपथमा लम्किन सफल भइसकेकोछ । आठौं बार्षिकोत्सवको अवसरमा बीमापोष्टको तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*