रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक, तीन अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

२८ कार्तिक २०७८, आईतवार ०७:४४

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले हालसम्म तीन अर्ब दुई करोड १७ लाख पाँच हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको जीवन बीमा कोष ११६.५१ प्रतिशतले बृद्धि गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणमा झल्किएको छ ।

स्थापनाको पाँच वर्ष पुरा भएको कम्पनीले छोटो अवधीमा जगेडा कोषमा २६ करोड ३४ लाख ९० हजार रुपैयाँ संचित गरेको छ भने महाविपत्ति कोषमा दुई करोड ९२ लाख ७७ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको कूल कोषको आकार तीन अर्ब ३१ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवको तुलनामा यस आवमा खुद बीमा शुल्क आम्दानी ५८ प्रतिशतले बृद्धि गर्दै ४६ करोड ५२ लाखबाट बृद्धि गरी यस आवमा ७३ करोडड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी भने बृद्धि भएको छ४६ करोड ५२ लाखबाट बृद्धि गरी यस आवमा ७३ करोडड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी भने ११० प्रतिशतले बृद्धि भएको छ । नयाँ कम्पनी भएको र सुरुमा दावी भुक्तानी कम पर्ने र समय बित्दै जाँदा दावी भुक्तानी बृद्धि हुने हुँदा यस्तो भएको हो ।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट प्राप्त हुने आय ५६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा जम्मा सात करोड २७ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेकोमा यस आवमा ११ करोड ४१ लाख ४३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, व्यवस्थापन खर्च करिब ३३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ८ करोड २९ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा ११ करोड दुई लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशनमा ५० प्रतिशतले बृद्धि भएको तथ्याङ्कमा देखिएको छ । गत आवको यसै अवधीमा नौ करोड आठ लाख रुपैयाँ वितरण गरेकोमा यस आवमा म्१३ करोड ६३ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद नाफ ३८ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधीको गत आवमा तीन करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस आवमा चार करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनमा हेरफेर हुन सक्ने हुन्छ ।

कम्पनीले जीवन बीमा पोलिसी संख्या उच्च अंकले बृद्धि गर्न सफल भएको छ । गत आवमा चार हजार १३८ वटा पोलिसी बिक्री गरेकोमा यस आवमा ९१८९८ वटा बीमा पोलिसी काटेको छ । उक्त पोलिसीमा म्यादी बीमाको पोलिसी समेत रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ४३ लाख ४९ हजार मात्रै छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ७.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३.४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३.९४, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २५७.८३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*