सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३।४१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा पनि ११।८० प्रतिशतले बढेर ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९७ करोड ७३ लाख रुपैयाँ, जीवन बीमा कोषमा ११ अर्ब ५१ करोड रुपैयाँ र महाविपत्ती कोषमा १६ करोड ३४ लाख रुपैयाँ रहेको छ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा प्रतिशेयर आम्दानी १ रुपैयाँ २२ पैसाले बढेर २० रपैयाँ ८ पैसा पुगेको छ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ४०।३४ गुणा रहेको छ।