सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा कति ?

३० कार्तिक २०७८, मंगलवार ११:४५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो बीमा कोषलाई मजबुत बनाएको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो जीवन बीमाकोष १०८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष शतप्रतिशतले वृद्धि गरि २ अर्ब ४६ करोड रुपैयाँ पुराउन सफल भएको छ।

त्यस्तै, कम्पनीले आफनो जगेडा कोषलाई पनि थप बलियो बनाएको छ । यस त्रैमाससम्मको अवधिमा कम्पनीले आफनो जगेडा कोष ८७ प्रतिशतले वृद्धि गरेर २८ करोड रुपैयाँ पुराउन सफल भएको छ ।
पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भएर ५५ करोड रुपैयाँमा कायम भएको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी रकम भने २ सय प्रतिशतले वृद्धि हुन पुगेको छ । जीवन बीमा कम्पनीहरुमा जति व्यवसाय भित्रिदै जान्छ उत्तिनै जोखिम पनि बढ्दै जान्छ । कम्पनीको व्यवसाय बढ्दै जादाँ जोखिक स्वतः बढ्दै जान्छ ।

कम्पनीको मेरुदण्डको रुपमा मानिने अभिकर्ताहरुको कमीशन पनि कम्पनीले पहिलो त्रैमासमा बढाएको देखिन्छ । यस त्रैमाससम्ममा कम्पनीको अभिकर्ता कमीशन ६१ प्रतिशतले वृद्धि भएर १० करोड रुपैयाँमाथि रहेको छ।
त्यस्तै, तीन महिनाको अवधिसम्ममा कमपनीको खुद मुनाफा २४ प्रतिशतले वृद्धि भएर ४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। जीवन बीमा कम्पनीको हकमा एक्चुरी भ्यालुएसन पश्चात् मात्र एकिन मुनाफा निधारण हुन्छ । पहिलो त्रैमासमा अपरिष्कृत मुनाफामा घटबढ समेत हुन सक्छ । यसलाई नै अन्तिम रुपमा लिन सकिदैन ।
त्यस्तै, कम्पनीले यस त्रैमासको अवधिसम्ममा व्यवस्थापन खर्च समेत ४७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*