आइएमई लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क ९० प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो देखियो ?

३० कार्तिक २०७८, मंगलवार १२:२२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले कुल बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९० प्रतिशतले वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर ६ अर्ब ४६ रुपैयाँ आर्जन गरेको छ ।

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ४ करोड ३६ लाख ४९ हजार नाफा आर्जन गरेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा १ दशमलव ३१ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडामा ५१ करोड ७० लाख रुपैयाँ रकम संचित रहेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ संचित रहेको छ । जीवन बीमा कोष गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू १ अर्ब ७३ करोड १८ लाख ७४ हजार जीवन बीमा कोषमा सञ्चित गरेको थियो ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिइसेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*