नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

रिना खत्री
३० कार्तिक २०७८, मंगलवार १८:३४

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका १९वटै जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा हेरिर्ने गरिन्छ ।

तीन वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको  प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लाई बीमापोष्टकी रिना खत्रीले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजीको आधारमानेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)लाई तुलनात्मक अध्ययन गरेर हेर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चुक्ता पुँजीको आधारमा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ।दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। त्यस्तै, तेस्रो एलआईसी नेपाल रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषको आधारमा
चुक्ता पुँजीको आधारमानेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)लाई तुलनात्मक अध्ययन गरेर हेर्दा नेपाल लाइफ नै अगाडि रहेको कम्पनीहरुले आज प्रकाशन गरेको अपरिष्कृत वित्तिय विवरणले देखाएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासको अवधिसम्ममा नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत सपष्ट रुपमा देख्न सकिन्छ ।दोस्रोमा एलआईसी नेपाल रहेको छ। प्रथम त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ रकम संचित रहेको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड रुपैयाँ रकम संचिती रहेको छ।

जगेडा कोषको आधारमा
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा जगेडा कोषमा नेशनल लाइफ सबैभन्दा अगाडि देखिएको छ । नेशनल लाइफको जगेडा कोषमा ९६ करोड रुपैयाँ संचित रहेको छ । दोस्रो स्थानमा नेपाल लाइफको जगेडा कोषमा ८६ करोड रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा एलआईसी नेपालको जगेडा कोषमा ६६ करोड रुपैयाँ रकम संचिती रहेको छ ।

खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लाई तुलनात्मक अध्ययन गरेर हेर्दा नेपाल लाइफ नै अगाडि रहेको कम्पनीहरुले आज प्रकाशन गरेको अपरिष्कृत वित्तिय विवरणले देखाएको छ ।

पहिलो त्रैमासको अवधिसम्ममा नेपाल लाइफले ९ अर्ब ७४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा तीन अर्ब ४४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद बीमा दाबी भुक्तानीको आधारमा
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा खुद बीमा दाबी भुक्तानीमा नेपाल लाइफ नै अगाडि रहेको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय भित्रिएसँगै जोखिम पनि भित्रिन्छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको खुद बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।

प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा दाबी भुक्तानी रकम चार अर्ब २६ करोड रुपैयाँ रहेको छ । दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीको खुद बीमा दाबी भुक्तानी तीन अर्ब ७२ करोड ४७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको खुद बीमा दाबी भुक्तानी एक अर्ब ३५ करोड ५२ रुपैयाँ रहेको छ ।

अभिकर्ता कमिशनको आधारमा
अभिकर्ता कमिशनको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको अवधिसम्ममा अभिकर्ता कमिशन वापत अभिकर्ताहरुलाई ९९ करोड ६१ लाख रुपैयाँ बुझाएको छ ।दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा अभिकर्ता कमीशन वापत अभिकर्ताहरुलाई ५० करोड १४ लाख रुपैयाँ बुझाएको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले अभिकर्ता कमीशन वापत अभिकर्ताहरुलाई ३७ करोड ९७ लाख रुपैयाँ बुझाएका छन् ।

खुद नाफाको आधारमा
यस वर्ष जीवन बीमा कम्पनीहरु सबैको खुद मुनाफा प्रभावित भएको छ । बीमा समितिले फ्युचर बोनसको लागि २० प्रतिशत प्रोभिजन गनुपर्ने व्यवस्थाको कारण सबै बीमा कम्पनीहरुको खुद नाफा प्रभावित भएको हो ।वित्तीय विवरण अनुसार खुद नाफाको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अघि छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा आठ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा उच्च गिरावट आएर मुनाफा खुम्चिएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफले पहिलो त्रैमासको अवधिसम्ममा ७० लाख ३३ हजार रुपैयाँ मात्र मुनाफा आर्जन गरेको छ ।

यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल कायम रेहको बीमालेख संख्याको आधारमा
नेपाल लाईफ इन्योरेन्समा १३ लाख ८३ हजार बीमा लेख कायम छन् भने नेशनल लाईफमा ८ लाख र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा ७ लाख ५० हजार बीमा लेख संख्या कायम छन । यस आधारमा समेत नेपाल लाईफ नै सबैभन्दा अगाडि देखिएको छ ।

प्रति शेयर आम्दानीको आधारमा
प्रति शेयर आम्दानीको आधारमातीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा नेशनल लाइफ अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ २३ पैसा रहेको छ । दास्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने तेस्रो स्थानमा नेपाल लाइफको ३९ पैसा मात्र छ ।

प्रतिशेयर नेटवर्थको आधारमा
प्रतिशेयर नेटवर्थको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा एलआईसी (नेपाल) अगाडि रहेको छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै, नेशनल लाइफको १३६ रुपैयाँ ८९ पैसा र नेपाल लाइफको १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको प्रथम त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गनुपर्ने हुन्छ ।

2 thoughts on “नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

  1. Gaurav Kumar sah says:

    Gaurav Kumar y

  2. Mingmanuru Sherpa says:

    Hope both Companies are good nepal and national life.

Leave a Reply to Mingmanuru Sherpa Cancel reply

Your email address will not be published. Required fields are marked *


*