सानिमा जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

१ मंसिर २०७८, बुधबार १०:२७

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गरेर ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षमा ३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, यस त्रैमासको अवधिसम्ममा कमपनीले आफनो मुनाफा ५५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।
यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष बढेको हो ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब रुपैयाँ जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ, बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँँ संचिती रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ७४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*