सरकारद्धारा नेपाल पुनर्बीमा कम्पनीसहित उत्कृष्ट १५ करदाता सम्मानित

१ मंसिर २०७८, बुधबार १०:३८

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शिर्षकमा सबैभन्दा कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको हो । ।

बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स भुक्तानी गरेको नेपाल पुनर्बीमा कम्पनीलाई आज विशेष समारोहका विच आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ ।
गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी कर नेपाल टेलिकमले बुझाएको छ । नेपाल टेलिकमले कम्पनीमा सबैभन्दा बढी कर बुझाएको भन्दै सम्मान पाएको छ । यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ ।

व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर सिद्धार्थ शमशेर राणा रहेका छन् ।निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी गतवर्ष आयकर बुझाएको छ ।विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स रहेको छ । सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त तथा कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*