सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, मुनाफामा सामान्य सुधार

१ मंसिर २०७८, बुधबार ११:४७

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा आफनो खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा भने सुधार देखिएको छैन । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा ७ प्रतिशतले वृद्धि भएर ५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने बीमा कोषमा १ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड रुपैयाँ रकम संचित रहेको छ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा दाबी भुक्तानी रकम ६ प्रतिशतले मात्र वृद्धि भएको छ।

कम्पनीको खुद बीमा दाबी भुक्तानी रकम १३ करोड रुपैयाँ रहेको छ। कम्पनीको लगानी, कर्जा अन्यबाट आय सामान्य अंकले सुधार आएको छ भने कम्पनीको व्यवस्थापन खर्च घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*