१८ नेपाली निर्जिवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे नौ अर्ब कूल बीमा शुल्क, शिखर सबैभन्दा अगाडि, कसको कति ? (तथ्याङ्कसहित)

१ मंसिर २०७८, बुधबार १६:४०

काठमाडौं । नेपालमा कानुन बमोजिम दर्ता भई सञ्चालित निर्जिवन बीमा कम्पनीहरु १८ वटा छन् । सबै कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । त्रैमासिक वित्तिय विवरणमा आधारित तथ्याङ्क अनुसार कूल १८ वटा कम्पनीले तीन महिनामा नौ अर्बभन्दा बढि कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

गत आवको पहिलो तीन महिनामा जम्मा सात अर्ब ७५ करोड ५८ लाख ८९ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका कम्पनीहरुले चालु आवको तीन महिनामा मा १६.७६ प्रतिशतले बृद्धि गरी नौ अर्ब पाँच करोड ६० लाख चार हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।

तथ्याङ् अनुसार शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडिदेखिएको छ । सो कम्पनीले सबैभन्दा धेरै एक अर्ब ३२ लाख ६९ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी बनेको छ । सो कम्पनीले ९० करोड ६७ लाख १९ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

वित्तिय विवरण अनुसार नेको इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ । सो कम्पनीले ८१ करोड ३७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

चौथो स्थानमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा रहेको छ । सो कम्पनीले ६९ करोड ९७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, पाँचौ स्थानमा एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५७ लाख ६६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

साथै प्रिमियर इन्स्योरेन्स कम्पनीले ६१ करोड, राष्ट्रिय बीमा कम्पनीले ४४ करोड, युनाईटेड इन्स्योरेन्सको ४४ करोड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ४२ करोड, अजोडले ४१ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले ३९ करोड, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ३७ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३६ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ३५ करोड एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३१ करोड, जनरल इन्स्योरेन्स कम्पनीले २५ करोड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*