राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति

२ मंसिर २०७८, बिहीबार १०:०८

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेका छ । संस्थाले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै सुधारको मार्र्गमा अघि बढेको देखाएको हो । संस्थानको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ३० अर्ब ४९ करोड रुपैयाँ संचिती रहेको बीमा कोष यस आवको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशन गर्दा ३७ अर्ब १४ करोड ३९ लाख ४५ हजार १८ रुपैयाँ पुर्याउन सफल भएको छ ।

संस्थानको जगेडा कोषको आकार २१ प्रतिशतले नै बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा २९ करोड ६१ लाख रुपैयाँ रहेको जगेडा कोष चालु आवको प्रथम त्रैमाससम्म आईपुग्दा ३५ करोड ७७ लाख ७८ हजार ५२ रुपैयाँ पुर्याउन सफल भएको छ । संस्थानको समग्र कोषको आकार ३७ अर्ब ५० करोड नाघेको छ ।

संस्थानले चालु आवको पहिलो त्रैमासमा चार आर्ब ५३ करोड ३१ लाख १० हजार ३९७ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको भन्दा ८ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ३९.९ प्रतिशतले बृद्धि भएएको छ । संस्थानले गत आवमा ६८ करोड ३१ लाख २६ हजार ५४१ रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा ९५ करोड ५७ लाख १२ हजार २७० रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

संस्थानको कर्जा लगानी, तथा अन्य आयबाट प्राप्त आयमा ३५ प्रतिशतले बढेको छ । गत आवमा ६१ करोड रुपैयाँ आम्दानी गरेको संस्थानले चालु आवको तीन महिने समीक्षा अवधीमा ८२ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
संस्थानको व्यवस्थापन खर्च १३ प्रतिशतले बृद्धि भएको छ । चालु आवको तीन महिनामा ८ करोड ८४ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । गत आवको सोही अवधीमा जम्मा सात करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो ।

संस्थानले अभिकर्तालाई दिने कमिशन घटेको छ । चालु आवको तीन महिनामा संस्थानले अभिकर्तालाई दिने कमशिन गत आवको तुलनामा ३७ प्रतिशतले गिरावट आएको हो । संस्थानले गत आवमा सात करोड ७३ लाख रुपैयाँ कमिशन दिएकोमा चालु आवको तीन महिनामा चार करोड ८४ लाख रुपैयाँ मात्रै अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ ।

One thought on “राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति

  1. Jit baharur shrestha says:

    Good viSon

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*