१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?

२ मंसिर २०७८, बिहीबार १६:२०

काठमाडौं । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकी कम्पनी मेट लाईफ एलिकोको नेपालस्थित शाखा कार्यालय मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

प्रथम त्रैमासको अवधिसम्ममा स्वदेशी जीवन बीमा कम्पनीहरुले ३८ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार कूल ३८ अर्ब पाँच करोड ६६ लाख १० हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेका छन् । कुल बीमा शुल्क भनेको बीमितले भुक्तानी गरेको कूल शुल्क हो । सो शुल्कमा पुनर्बीमा शुल्क कटाएर बीमा कम्पनीले पाउने खुद बीमा शुल्क हुन्छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ९ अर्ब ९० करोड ९० लाख नौ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले छ अर्ब चार करोड ४१ लाख ४७ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यसैगरी, तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा पाँच अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चौथोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा तीन अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार युनियन लाइफले एक अर्ब ८९ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब ५९ करोड रुपैयाँ, सिटिजन लाइफले एक अर्ब २४ करोड रुपैयाँ, प्राइम लाइफले एक अर्ब १८ करोड रुपैयाँ र सूर्या लाइफले एक अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी अर्बभन्दा तल कूल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा रिलायबल नेपाल लाइफ ९७ करोड रुपैयाँ, गुराँस लाइफ ८७ करोड रुपैयाँ, ज्योति लाइफ र आइएमई लाइफले समान ८१ करोड, रिलायन्स लाइफ ७९ करोड रुपैयाँ, सन नेपाल लाइफ ६० करोड रुपैयाँ, प्रभु लाइफ ५७ करोड, सानिमा लाइफ ५५ करोड रुपैयाँ र महालक्ष्मी लाइफ ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

*यसअघि भुलवश १८ वटा बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी ३८ अर्ब हुनु पर्नेमा अन्यथा भएकोमा क्षमा याचनासहित भुल सुधार गर्दै संशोधन गरिएको छ ।

 

One thought on “१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?

  1. कृष्ण गुप्ता says:

    सही डाटा भएन लखाई मा .कृपया साच्याईयोस..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*