सिटिजन लाइफद्वारा बीमितको घरैमा पुगेर १० लाख मृत्यु दावी भुक्तानी

२ मंसिर २०७८, बिहीबार १७:५९

काठमाडौं । बीमितले पाउने दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर १० लाख ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीको भैरहवा शाखा कार्यालयले नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १२ हर्कपुर निवासी स्व. गोविन्द बस्नेतको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको हो ।

गत असोज २० मृत्युवरण गरेका स्व. बस्नेतकी श्रीमती विष्णुदेवी पराजुलीको परिवारले मृत्यु दाबी वापतको १० लाख ५० हजार रुपैयाँ आज बुझेकी छिन् ।
स्व. बस्नेतले २०७८ साल अषाढ १४ गते १० लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । बीमा गरेको छोटो समयमा नै उनको निधन भएको थियो ।

उक्त रकम स्थानीय वासी, उद्योगी, सामाजीक प्रतिष्ठत व्याक्तित्वहरुको उपस्थितीमा भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, परासी शाखा प्रमुख दिपक थापा क्षेत्री, कावासोती शाखा प्रमुख जगत राम ढकाल, सिनिएर एजेन्सी म्यानेजर रिता पाण्डे, वार्ड नं. १२ का वडा अध्यक्ष थिर बहादुर थनेत र एजेन्सी म्यानेजर अनिता मल्लको उपस्थितिमा कम्पनीले हस्तान्तरण गरेको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमा बचत र सुरक्षा मात्र नभई कम्पनीप्रतिको विश्वास पनि भएको बताउँदै आफू मात्रै नभई आफ्नो निधनपछि आश्रित परिवारको जीवन रक्षाको लागि बीमा गर्नुपर्ने बताए ।

उनले सिटिजन लाइफप्रति आम जनताको विश्वास बढ्दै गएकोले आकर्षण समेत बढ्दै गएको बताउँदै कम्पनीले दावी भुक्तानीमा पनि कुनै सम्झौता नगरी सक्दो छिटो छरितो तरिकाले गर्दै आएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*