१८ औं बार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा विविध कार्यक्रम

३ मंसिर २०७८, शुक्रबार १९:३०

काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी हिजो मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । १८ औं बार्षिकोत्सवकै अवसरमा कम्पनीको केन्द्रिय कार्यालयमा मंसिर २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो रक्तदान कार्यक्रममा ५६ जना कर्मचारीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ । बार्षिकोत्सवकै अवसरमा कम्पनीमा १० वर्षे कार्यकाल पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीमा हालसम्म दश बर्ष कार्याकाल पुरा गरेका कर्मचारीको संख्या ७० पुगेको छ ।

नेपालमा गुणस्तरिय निर्जिवन बीमा सेवाप्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध व्यक्तित्वको सक्रियतामा स्थापित कम्पनीले २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान शुभारम्भ गरेको थियो । सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजि भएको कम्पनी आज १७५ करोड को चुक्ता पुँजि पुर्याएर विशाल कम्पनी बनिसकेको छ । कम्पनीको पछिल्लो १५ औ र १६ औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँिज २२८ करोड पुग्ने आज जारी बिज्ञप्तिमा जनाइएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी, डोल्पा जस्ता दुरदराजका जिल्ला सहितकुल १०५ शाखार निकट भबिष्यमा थप २० शाखा गरी कुल १२५ शाखामार्फत सेवा प्रदान गर्न सफल भएको छ । नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ । यस अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।आ.व २०७७।०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी ३९७ करोडको बीमा शुल्क आर्जन गर्ने कम्पनी बन्न सफल कम्पनीले आफ्ना शेयरधनीलाई राम्रो प्रतिफल दिन सफल रहँदै आएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीलाई निजिर्वन बीमाको क्षेत्रमा अलग पहिचान सहित अब्बल कम्पनीका रुपमा स्थापित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण बीमित बर्गमा हार्दिक कृतज्ञता प्रकट गरेको छ । ‘मार्गदर्शन गर्ने नियमनकारी निकाय बीमा समिति, शेयरधनीहरु, शुभेच्छुक, एवम् सम्पूर्ण सरोकारवालामा आभार प्रकट गर्दै आगामी दिनहरुमा सहयोग र सद्भावको अपेक्षा कम्पनीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । बार्षिकोत्सवकै अवसरमा कम्पनीबाट प्रवाह गरिने सेवा अझ बढी प्रभावकारी गुणस्तरिय आधुनिक प्रबिधि मैत्री बिश्वसनिय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*