बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा

४ मंसिर २०७८, शनिबार १०:३९

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै चाैथाे त्रैमासिक वित्तिय विवरण प्रकाशन गर्न नसकेकाे गुनासाे गरेका छन् । बीमा कम्पनीहरू पठाएकाे वित्तिय विवरणकाे आधारमा पुर्नबीमा कम्पनीकाे वित्तिय विवरण तयार हुने गर्दछ ।

बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा आफ्नाे कार्य क्षमतामा प्रश्न उठ्ने अवस्था आएकाे भन्दै भने, ‘मैले बीमा समिति, सेबाेन र सरकारलाई के जवाफ दिने ?’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*