निर्जिवन बीमा कम्पनीहरुको कूल दावी भुक्तानी १२ प्रतिशतले घट्यो, १४ को बढ्यो (तथ्याङ्कसहित)

४ मंसिर २०७८, शनिबार १७:४२

काठमाडौ । नेपालमा सञ्चालित २० वटा मध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेको छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको १४२५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक करोड ४१ हजार ५० हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा चालु आवको समीक्षा अवधीमा २१ करोड ५८ लाख १५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार समग्रमा १२.३६ प्रतिशतले घटेको छ । गत आवको तीन महिनाको अवधीमा १८ वटा निर्जिवन बीमा कम्पनीहरुले तीन अर्ब ९४ करोड २२ लाख ५६ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा तीन अर्ब ४५ करोड ५० लाख ९६ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीको १४७.९५ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा छ करोड १९ लाख ९५ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनामा १५ करोड ३७ लाख १४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका हुन् ।

त्यस्तै युनाईटेड इन्स्योरेन्स कम्पनीको कूल दावी भुक्तानी १४० प्रतिशतले बृद्धि भएका छ । सो कम्पनीले गत आवको तीन महिनामा पाँच करोड १० लाख ९७ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा १२ करोड २९ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीको पनि दावी भुक्तानी ८६ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ । सो कम्पनीले पहिलो तीन महिनामा पाँच करोड ३१ लाख ६० हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले दुई करोड ८५ लाख ६३ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यस्तै आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ७६.४८ प्रतिशत, सानिमा जनरलको ७३.९० प्रतिशत, एनएलजीको ४५ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ४३ प्रतिशतले कूल दावी भुक्तानी बढेको छ ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत, नेको इन्स्योरेन्स कम्पनीको ३६.६८ प्रतिशत, प्रभु इन्स्योरेन्स कम्पनीको ३६.२३ प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ३०.३० प्रतिशत, सगरमाथा इन्स्योरेन्स कम्पनीको १२.४४ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २.६२ प्रतिशतले कूल दावी भुक्तानी बढेको वित्तिय विवरणमा देखिएको छ ।

उता, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ०.५६ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३९.५४ प्रतिशत, प्रिमियर इन्स्योरेन्स कम्पनीको ६०.६३ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ९२.७० प्रतिशतले कूल दावी भुक्तानी घटेको छ । चालु आवमा सबैभन्दा दावी भुक्तानी घटाउने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले गत आवमा एक अर्ब १३ करोड दावी भुक्तानी गरेकोमा चालु आवको तीन महिनाको समीक्षा अवधीमा ८ करोड ३० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*