नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

५ मंसिर २०७८, आईतवार ०७:५०

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो ।

बीमा क्षेत्रका जानकारहरुका अनुसार पुराना जीवन बीमा कम्पनीहरुको बोनसदर कम्तीमा १२ देखि २० प्रतिशत घट्नेछ । सबैभन्दा धेरै नेपाल लाइफको बोनस दर घट्नेछ । विश्वस्त स्रोतका अनुसार गुराँस लाइफ, नेपाल लाइफको २० प्रतिशत हाराहारीमा बोनस दर घट्नेछ । नेपाल लाइफको २० प्रतिशत घटेमा सबैभन्दा बीमा पोलिसी रहेको ६५ रुपैयाँ बोनस दर ५२ मा झर्नेछ । त्यस्तै एलआईसी र नेशनल लाइफको बोनर दर पनि १३ देखि १५ प्रतिशतले तल झर्नेछ । एलआईसी नेपालको बोनस दर ६६ रुपैयाँबाट १५ प्रतिशतले तल झरेमा ५५ रुपैयाँमा झर्ने छ । त्यस्तै नेशनल लाइफको पनि बोनस दर घट्दैछ ।

पुरानो कम्पनीहरुमा असर नपर्ने कम्पनीको रुपमा प्राइम लाइफ रहेको छ । सो कम्पनीले यसअघि नै बीमाको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार फ्युचर बोनसका लागि ४० प्रतिशत भन्दा बढि प्रोभिजन गरिसकेकोले हाल लागू भएको २० प्रतिशत प्रोभिजनको असर पर्ने छैन । कम्पनीको बोनस दर र लाभांश प्रभावित नहुने सो कम्पनीले जनाएको छ ।

अन्य पुराना कम्पनीहरु नेशनल लाइफ, सूर्या लाइफ, एशियन लाइफको पनि लाभांश घट्नेछ । साथै नयाँ कम्पनीहरुको लागि लाभांश घट्नेछ । यद्यपि नयाँ कम्पनीहरुमा थोरै मात्रै बीमा पोलिसी हुने भएकोले कम प्रभाव पर्र्नेछ । जीवन बीमा पोलिसी कति छ, सोही आधारमा बोनस दर घट्नेछ । पुराना कम्पनीहरुमा धेरै नै पोलिसी रहेकोले उच्च अंकले बोनस दर घट्नेछ भने नयाँ कम्पनीहरुमा बीमा पोलिसी संख्या थोरै हुँदा कम प्रतिशतले घट्नेछ ।

फ्युचर बोनसका कारण सबैभन्दा कम प्रभाव सिटिजन लाइफसहित केही कम्पनीमा पर्नेछ । सिटिजन लाइफले बीमा समितिले अनिवार्य गर्नु अघि नै जीवन बीमा सिद्धान्त अनुसार स्वतःस्फूर्त फ्युचर बोनसको लागि प्रोभिजन गर्दै आएकोले हाल जारी नयाँ नियमका कारण असर पर्नेछैन । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले बीमाको नियम अनुसार सुरुदेखि नै फ्युचर बोनसको व्यवस्था गर्दै आएको भए अहिले आएर समस्या पर्ने थिएन ।

फ्युचर बोनसका लागि प्रोभिजन गरेकै कारण जीवन बीमा कम्पनीहरुको लाभांश लगभग शून्य हुने अवस्थामा छ । नाफा र बोनस दर घट्ने फ्युचर बोनस जीवन बीमाको दीगो विकासको लागि अति नै जरुरी छ । संसारभर फ्युचर बोनसका लागि १०० प्रतिशत प्रोभजिन गर्नुपर्ने व्यवस्था छ ।

नेपालमा भने पहिलो पटक २० प्रतिशत फ्युचर बोनसका लागि प्रोभिजन गरिएको छ । सोेही कारण अहिले बोनस दर घटेपनि बीमित र बीमा कम्पनीको फाइदाको लागि फ्युचर बोनस अनिवार्य छ । फ्युचर बोनसले कम्पनीलाई थप बलियो बनाउनुको साथ भविष्यमा बीमितहरुकै लागि फाइदा हुने हुँदा यसको इमान्दार कार्यान्वयन गर्नुको विकल्प छैन । फ्युचर बोनसका कारण तत्काल बोनस दर र मुनाफा दुवै घटेपनि आगामी दिनमा पुनः पुरानै अवस्थामा फर्कनेछ ।

One thought on “नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

  1. इन्द्र says:

    पत्रकार ज्यूँ को सूचना निकै कमी भयो जस्तो छ। future बोनस को ब्यवस्था गर्नु पर्छ त्यो बिषय मा कुनै दुइ मत छैन। फ्यूचर बोनस ले कम्पनी को वित्तीय अवस्था लाई मजबूत पनि बनाउन भूमिका खेलको हुन्छ त्यो बिषय पनि सहमति नै हुन्छ । तर एक पटक बिषय लाई ध्यान दिएर सोचनुहोस त के बीमित यस बाट लाभान्वित हुन्छ? आज किनको बीमालेख को लागी 100% future बोनस गर्ने हो भने 20 वर्ष पछि किन्ने बीमा को लागी पनि सतप्रतिसत provision गर्नु पर्छ तर आज लिएको बीमालेख परिपक्व हुँदा त्यस्तो provision नयाँ बीमा लेख मा सर्छ, अनि बीमित ले के पाऊँ छ?

Leave a Reply to इन्द्र Cancel reply

Your email address will not be published. Required fields are marked *


*