सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

५ मंसिर २०७८, आईतवार १३:३०

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफू कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।

कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातकतहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास ऊप्रेतिले र स्वागत मन्तब्य जागरण अभियानका केन्द्रिय सदस्य अम्बर बहादुर चौहानले गरेको कम्पनीले जनाएको ेछ । उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । कार्यक्रमपछि विद्यार्थीहरु उत्साहित बनेको कम्पनीले जनाएको छ ।

त्यसैगरी काभ्रेसको पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सो कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख पुष्पराज कोइरालाले दिएका थिए । सहभागी विद्यार्थीहरुले बीमा प्रति चासो राखेको महालक्ष्मीलाइफ बनेपा शाखा प्रमुख रिकेश कायस्थले बताए ।

गत शुक्रबारकै दिन महालक्ष्मी लाइफ इन्योरेन्स कम्पनीले भिम मा.वि., म्याग्दी पालिका(५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा युवासँग बीमा सचेतना कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिईन । उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका जिल्ला सदस्य तथा स्थानीय जनप्रतिनिधि राजमति पुनले, समिक्षा मन्तव्यशिक्षक दिनेश ढकालले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*