गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा भोलि

९ मंसिर २०७८, बिहीबार १२:५८

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारण सभा भोलि (मंसिर १० गते) हुदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने भएको हो ।

उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारण सभा र लाभाशं प्राप्तिका लागि कम्पनीले कात्तिक २३ गते नै बुकक्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २२ गतेसम्म कायम शेयधरनीले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*