खल्तीद्वारा बीमा नियम विपरित म्यादी बीमा शुल्क छुट अफर सञ्चालन

९ मंसिर २०७८, बिहीबार १७:२२

काठमाडौं । खल्ती डिजिटल एप नामक वालेटले म्यादी जीवन बीमा शुल्क भुक्तानीमा बीमा शुल्क छुट दिएर गैर कानुनी काम गरेको पाइएको छ । खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी प्रति बीमा पोलिसी २५ रुपैयाँ छुट दिँदै आइएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार म्यादी बीमामा प्रत्येक बीमितले २५ रुपैयाँ छुट पाउनेछन् । कम्पनीले खल्तीले नै सो रकम व्यहोर्ने जनाएको छ । बीमा शुल्क छुट दिएको सम्बन्धमा खल्तीसँग सम्पर्क गर्दा कुनै जवाफ दिन चाहेन ।

सो रकम छुट बापतको खर्च कसले व्यहोरेको छ भन्ने खुल्न सकेको छैन । स्रोतका अनुसार ज्योति लाइफ र खल्तीका बीचमा अलिखित सम्झौतामार्फत उपभोक्तालाई क्यासब्याक सुविधा दिन दिइएको हो । उक्त छुट सुविधा अलिखित सम्झौतामार्फत दुवै कम्पनीले व्यहोर्ने जनाइएको छ ।

बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगार म्यादी बीमाको शुल्कमा छुट दिएको सम्बन्धमा बीमा समितिले आश्चर्य व्यक्त गरेको छ । बीमा समितिका उच्च अधिकारीले बीमापोष्टसँग सो सम्बन्धमा यथार्थ बुझेर मात्रै जवाफ दिइने बताए ।

खल्तीबाट म्यादी बीमा शुल्क भुक्तानी गर्दा पाउने छुटले बीमितलाई फाइदा भएपनि बीमा शुल्कमा छुट दिएर बीमा पोलिसी काटेको अवस्थामा दावी भुक्तानीमा समस्या हुनसक्ने हुन्छ । नेपालको बीमा सम्बन्धी कानुनका अनुसार पुरा बीमा शुल्क लिएको बीमालेखले मात्रै पूर्णरुपमा जोखिम रक्षावरण गर्न सक्ने बीमा समितिले स्पष्ट पारेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*