सर्लाहीको हरिऔनमा एशियन लाइफ इन्स्योरेन्सको शाखा

१३ मंसिर २०७८, सोमबार ०८:१२

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले हरिऔनमा शुक्रबारदेखि कम्पनीको ४५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ।कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो।

कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले शाखा कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रममा कम्पनीको डेप्युटी रिजनल म्यानेजर पुरुषोत्तम कुर्मी, हरिऔन शाखा प्रबन्धक सरोज केसीका साथै कम्पनिको बरिष्ठ अभिकर्ता, रिलेशनशीप म्यानेजरलगायको उपस्थिति रहेको थियो।

कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ।चालू आर्थिक वर्षमा कम्पनीले उपशाखाको स्तरोन्नति गर्ने र नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*