नेपाल पुनर्बीमाको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक, जीवन बीमाको नाफा बढ्यो निर्जीवनको घट्यो, प्रतिशेयर आम्दानी कति ?

१३ मंसिर २०७८, सोमबार १२:०४

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बीमकले समयमा वित्तिय विवरण नबुझाँउदा नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसक्दा पनि चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्न बाध्य रहेको कम्पनीका सिईओ शंकर रायमाझीले बीमापोष्टलाई जानकारी दिएको छ ।

कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायतर्फ १ अर्ब १ करोड रुपैयाँ र जीवन बीमा तर्फ १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशन गरेको तथ्याङ्कमा उपल्ब्ध रहेको छ ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ १ अर्ब ९ लाख रुपैयाँ र जीवन बीमातर्फ ११ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । निर्जीवन बीमातर्फ नाफा घटेपनि जीवन बीमाबाट मुनाफा बढेको हो । असार मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब २३ करोड रुपैयाँ र जीवन व्यवसायबाट १ अर्ब २० करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ८५ लाख रुपैयाँ छ । बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*