चार महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ४८ अर्ब माथि,नेपाल लाइफको अग्रता कायमै, कुनको कति ?

१३ मंसिर २०७८, सोमबार १३:५४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा १२ करोड ६९ लाख रुपैयाँ, नविकरण बीमाशुल्क आर्जन वापत ३५ करोड ७ लाख रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क वापत ५५ लाख ३९ हजार रुपैयाँ गरि कुल ४८ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले चार महिनाको अवधिमा १२ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।दोस्रामो लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्मा ६ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफले चार महिनाको अवधिमा भने चार अर्ब ५४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

चौथौमा युनियन लाइफ रहेको छ । कम्पनीले चार महिनाको अवधिसम्ममा २ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।मेट लाइफले १ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ६५ लाख रुपैयाँ, प्राइम लाइफले १ करोड ५८ लाख रुपैयाँ, सूर्या लाइफले १ करोड ५२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सन नेपाल लाइफले १ करोड २४ लाख रुपैयाँ, गुराँस लाइफले १ करोड ९ लाख रुपैयाँ, ज्योति लाइफले १ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफले १ करोड रुपैयाँ, रिलायन्स लाइफले ९८ लाख पैयाँ, सानिमा लाइफले ७४ करोड, प्रभु लाइफले ७१ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*