एशियन लाइफको “बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक) ” जीवन बीमा योजना सार्वजनिक, सुविधाहरु यस्ता छन्

१३ मंसिर २०७८, सोमबार १७:५१

काठमाडौं । एशियन लाइफइन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले “बाल उच्च शिक्षा(अग्रिम भुक्तानी सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र का।मु। नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले कम्पनीको प्रधान कार्यालयमा संयुक्त रुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाङ्कसम्म जीवन बीमा गर्न सकिन्छ । बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरुपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुनेछन् । बीमित बच्चा १६, १७,१८,१९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५,१५,२५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनश रकम समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको छ ।

यस बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ । यसरी रकम भुक्तानी गर्दा अग्रिम भुक्तानी गरिएको रकम कट्टा गरिने छैन । यस बीमा योजना अन्तर्गत दुर्घटना मृत्यु लाभ र वार्षिक शैक्षिक सुविधा समेत रोज्न सकिने सुविधा रहेको गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*